भारत भ्रमणका समग्र पक्षलाई समेटिएको अन्तर्वार्ता:

भारतीय जनता पार्टीको मैत्रीपूर्ण निमन्त्रणमा मेरो नेतृत्वमा हालै मित्र राष्ट्र भारत भ्रमणमा गएको नेपाली कांग्रेसको प्रतिनिधि मण्डलको भ्रमणको उद्देश्य र उपलब्धिका बारेमा ‘द हेडलाईनर्स’ -२ कार्तिक २०७८, मंगलबार बिहान रेडियो कान्तिपुरको द हेडलाइनर्स कार्यक्रम सञ्चालिका पार्वताले अन्तरवार्ता लिनु भएको थियो ।

नेपाल र भारतबीच शदिऔंदेखि रहदै आएको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई सुमधुर बनाउदै दुई सार्वभौम मुलुकहरुबीच देखा परेका समस्या समाधान सम्बन्धमा सौहार्द्रपूर्णं वातावरणमा सम्पन्न छलफलबाट सकारात्मक परिणाम निस्कनेमा हामी विश्वस्त छौ।