नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले कंग्रेसको प्राथमिकता आगामी निर्वाचन रहेको बताउनुभएको छ। प्रतिनिधिसभा पुर्नस्थापना भएसंगै सत्ता समिकरणको खेल चलिरहेका बेला डा महतले कंग्रेस संसदीय फोहरी खेलमा नलाग्ने बताउनुभएको हो।

यद्यपी कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था आए पछि नहट्ने उहाँको भनाई छ। रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान डा महतले कंग्रेस अन्य दलको नेतृत्वमा भने सरकारमा नजाने स्पष्ट पार्नुभयो। पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोधका लागि मात्रै विरोध गरेको बताउनुभयो।