बितेका केहि दिन नेपालको राजनीतिसंगै कूटनीतिको क्ष्ँेत्र पनि निकै चर्चामा रह्यो। एक महिनाभित्र दोस्रो पटक भारत पुग्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको गोवामा बढेको ब्यस्तता र दुई शक्तिशाली छिमेकी भारत र चीनका सरकार प्रमुखसंग भएको भनिएको त्रिपक्षिय साझेदारीमाथीको छलफलले प्रधानमन्त्री दाहाल यतिवेला फेरी चर्चामा हुनुहुन्छ। तर के त्रिपक्षिय साझेदारीका विषयमा छलफल भएकै हो त? यदि हो भने भारतीय विदेश मन्त्रालयले तत्कालै विज्ञप्ति निकाल्दै किन होइन भन्यो? यदि छलफल भएकै होइन भने काठमाडौं ओर्लेर प्रधानमन्त्री दाहालले हो भन्दै किन जोड गर्नुभयो? अनि, यस्तो संवेशनशिल मुद्धामा नेपालका परराष्ट्रमन्त्री, मन्त्रालय, त्यहांका विशिष्ट पदाधिकारीहरु के–कति जानकार छन्?